आज सुन तोलामा १३ सय बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा हिजो मंगलबारको तुलनामा सुनको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा एक हजार तीन सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन एक लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसैगरी चाँदी एक तोला दुई हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर