सेयर बजारमा हरियाली : १० अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारक दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचक २५.०७अंकले बढेर २६७८.१७ को बिन्दुमा कायम भएको छ । आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख ९७ हजार कित्ता सेयर खरिद–बिक्री हुदाँ १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कारोबार भएका सम्पूर्ण इन्डेक्समा हरियाली छाएको छ । मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज दुई कम्पनीको सेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक सेयर किनबेच भएको छ । अरुण कावेली पावरको ५३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७.८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर