आज सुनचाँदीको मूल्यमा सामान्य घटबढ

काठमाडौं ।  आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबारको तुलनामा सुनको मूल्य आज  १ सय रुपैयाँले घटेको हो।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको छ। आइतबार प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार १ सय ५० रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस ३३११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर