अमेरिकाबाट डिपोर्ट गरिएका ४० नेपाली काठमाडौं आउँदै

काठमाडौं ।  अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आइपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्काशनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ । अध्यागमनका ती अधिकृतले भने, ‘आज कति जना आउँछनु, उनीहरूलाई जोड्दा डिपोर्ट हुनेको संख्या बढेर करिब डेढ सय पुग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर