अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा १० वर्ष पछि खारेज
काठमाडौं । अमेरिकाले नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा १० वर्ष पछि खारेज हुने भएको छ । सन् २०१५ मा गएको भुकम्पपछि नेपालीलाई राहत दिनका लागि दिइएको टीपीएस (टेम्पोररी प्रोटेक्टेड स्टाटस) आउँदो अगष्ट ५ देखि खारेज हुने भएको छ ।
मेरिकाको युनाइटेड स्टेट सिटिजनशीप एन्ड इमिग्रेसन सर्भिसेज (युएससीआइएस) ले बिहीबार सूचना प्रकाशित गरेर दुई महिना पछि पूर्ण खारेजीमा जाने जनाएको छ । सूचनामा अगष्ट ५ तारिखसम्म अन्य वैधानिक स्टाटस कायम गर्न नसक्नेहरुलाई देश छाड्नका लागि समेत आग्रह गरिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प जितेपछि आप्रवासीहरूलाई पूर्व अवस्थामा दिँदै आएको सेवासुविधालगायत गैरकानुनाी आप्रवासीसम्बन्धी कठोर कदम चाल्दै आएको छ ।
प्रतिक्रिया
