आजदेखि दुर्गा प्रसाइँको थुनछेक बहस सुरु

काठमाडौं ।   काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज बुधबारदेखि तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको  थुनछेक बहस प्रारम्भ भएको छ । राज्यविरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् ।

भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरुविरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर