विपक्षी दल गृहमन्त्रीको राजीनामाको अडानमा

काठमाडौं । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले डाकेको प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँगको बैठक पनि निष्कर्षबिहीन भएको छ। बैठकमा विपक्षीले यसअघिकै विषय दोहोर्याएपछि निष्कर्ष ननिस्केको हो।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकला सदनमा बोल्न दिने वातावरण बनाउन पुन:प्रस्ताव गरेका थिए। तर विपक्षीले भने भिजिट भिसा प्रकरणा गृहमन्त्रीको समेत नाम जोडिएकोले उनले राजीनामा नदिई सदन चल्न नदिने बताए।
प्रतिक्रिया