बेलिब्रिज जडान गर्न कान्ति लोकपथ बन्द गरिने

काठमाडौं ।  काठमाडौं-हेटौंडा जोड्ने महत्वपूर्ण कान्तिलोकपथ चार दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । बगुवा क्षेत्रको बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानका लागि सडक बन्द गर्न लागिएको हो ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भाेलि जेठ २१ गतेदेखि २४ गतेसम्म कान्तिलोकपथमा सवारी आवागमन रोक्ने निर्णय सार्वजनिक गरेको छ । यस अवधिमा काठमाडौं र हेटौंडाबीच चल्ने सबै प्रकारका सवारी साधन वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ । बेलिब्रिज जडान कार्य संवेदनशील र जोखिमयुक्त भएकाले यात्रुको सुरक्षालाई ध्यान दिई चार दिन सडक बन्द गरिने निर्णय गरिएको हो ।

प्रशासनले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा कुलेखानी-कलंकी-हुमाने सडक वा कुलेखानी-सिस्नेरी-फर्पिङ मार्ग प्रयोग गर्न सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर