अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं ।  सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुले भोलि (सोमबार) बाट अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीहरुले सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रने जनाएका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा निजी गाडीलाई भाडाका सवारीसाधन सरह प्रयोग गर्न दिने निर्णय गरेको भन्दै यातायात व्यवसायी तथा मजदुरहरू आन्दोलनमा उत्रिएका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातलाई बचाइदिन सबैमा अपिलसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर