पाँच अर्ब अपचलन गर्ने कर्णाली बैंकका पूर्वअध्यक्ष राय पक्राउ

काठमाडौं ।  बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रवीर राय पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीका अनुसार रायलाई शनिबार नेपाल–भारत सिमानास्थित बेलहिया नाकाबाट पक्राउ गरिएको हो।

६५ वर्षीय रायलाई थप अनुसन्धान तथा म्याद अभिवृद्धिका लागि बाँके जिल्ला लगिएको सीआईबीले जनाएको छ। सल्यान स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बसोबास गर्दै आएका राय २०७६ देखि २०७९ सालसम्म कर्णाली डेभलपमेन्ट बैंकको सीईओको रूपमा कार्यरत थिए। सन् २००३ (वि.सं. २०६०) मा स्थापना भएको यो बैंक अहिले राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा छ।

राजेन्द्रवीर रायमाथि बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको गम्भीर आरोप लागेको छ। बैंकको आन्तरिक छानबिनले अपचलनमा रायसँगै तत्कालीन वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, पूर्व सीईओ दिनेशकुमार रावत र निरजविक्रम शाहको संलग्नता समेत देखाएको थियो।अनुसन्धान प्रारम्भ भएपछि राय फरार थिए। अब उनलाई कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढाइने प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर