एमालेलाई अब बहुमत ल्याउनबाट रोक्न सक्ने तागत कसैको नरहेको ओलीको दाबी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई अब बहुमत ल्याउनबाट रोक्न सक्ने तागत कसैको नरहेको दाबी गरेका छन्। शनिवार एमालेनिकट बुद्धिजीवी परिषद्को अधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘एमालेलाई बहुमत ल्याउनबाट रोक्न सक्ने कुनै तागत छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यदि हामी ठिक ढङ्गबाट अगाडि बढ्यौँ, एकताबाट अघि बढ्यौँ, व्यक्तिगत अहंकारमा नअल्झिएर देश र राष्ट्रिय हितलाई अगाडि राखेर बढ्यौँ भने हामीलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन।’

विगतमा पार्टी फुटेर ध्वस्त बनाउँछु भनेका बेला नसकेकाले अब नसक्ने उनले बताए। ‘हिजो जस्तो एमालेलाई धुलो पिठो बनाइदिन्छु भन्ने तागत कसैको छैन,’ प्रधानमन्त्री ओलीले भने।

‘मिसन ०८४’ एक रणनीतिक योजना भएको उनले बताए। उनले भने, ‘एमालेको स्पष्ट बहुमत ल्याउनु नै मिसन–०८४ भनेको हो। केही साथीहरू यसलाई अमूर्त भन्छन्। त्यो होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर