मोहम्मद आफताब आलमलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात (ब्रेनस्ट्रोक) भएको छ । उनी अस्ति बुधबार मात्रै पर्सा उच्च अदालतबाट रौतहट हत्याकाण्डबाट सफाइ पाएर जेलमुक्त भएका थिए ।
आलमलाई आज शुक्रबार बिहान मस्तिष्कघातको लक्षण देखिएपछि परिवारले काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले सघन उपचार कक्ष (आईसीयू मा राखेर उपचार भइरहेको छ । चिकित्सकका अनुसार आलमलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग थिए र उनी नियमित औषधि सेवनमा थिए ।
प्रतिक्रिया