मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल बढ्यो

काठमाडौं ।  सरकारले मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढाएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले भन्सार दर बढेको बताएका हुन् ।

‘मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छु,’ उनले भने । भन्सार महसुलका केही दरमा समायोजन गरेको समेत उनले जनाए । ‘विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको छु,’ उनले भने, ‘स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर