बजेट भाषण आज साँझ ५ बजे मात्रै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट साँझ ५ बजे ल्याउने भएको छ। आर्थिक सर्वेक्षण पेस भएपछि प्रतिनिधिसभा बैठकको स्थगित गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक साँझ ५ बजे बस्ने जानकारी दिएका हुन्। साँझ ५ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया