आज बिहीबार सुन तोलामा १५ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रति तोला १५ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रति तोला १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार सुन प्रति तोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको गियो ।
आज चाँदी प्रति तोला १० रुपैयाँ घटेको छ । आज बिहीबार चाँदी तोलाको १९ सय ९५ रुपैयाँ रहेको छ । हिजो बुधबार चाँदी तोलाको दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया