कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको र यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको बताएका छन् । गृहमन्त्री लेखकले आज संसद् भवन बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भिजिट भिसा विषयलाई लिएर आफूविरुद्ध भइरहेको आक्रमण राजनीतिक प्रतिशोध र पूर्वाग्रह भएको बताए।
पत्रकार सम्मेलनमा उनले भने, “म अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे हो । मजस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन ।” लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरे ।
‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि रु,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहीँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’
सञ्चार माध्यममा आएका सूचना असत्य भएको उनले दाबी गरेका छन् । ‘भिजिट भिसा प्रकरणमा मलाई सुनियोजित रुपमा आक्रमण गरिएको छ । यो राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’ उनले भने ।
मन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी रहेको केशमा आफूले आवश्यक सहयोग गर्ने बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि मुलुकमा सबैधानिक निकाय छ । अख्तियारबाट हुने कुनै पनि कारबाहीलाई खुल्ला रुपमा स्वागत गर्छु । अझ पनि लोकतन्त्र र सुशासनका लागि बर्षे देखि लड्दै आएको छु । विधिको शासनको आवाज उठाउँदै आएको छ । म यसको आयोगको सबलताको अपेक्षा गरेको छु । जुन मेरो विगतका क्रियाकलापले पनि झलगं देखाउँछु,’ उनले भने ।
त्यस्तै, गृहमन्त्रीले लेखकले सहसचिव तीर्थराज भट्टराई २०७७ सालदेखि मन्त्रालयका कार्यरत रहेको स्पष्ट पारे । ‘मैले कुनै आग्रह वा पूर्वाग्रह राखेर मन्त्रालयका सहसचिव भट्टराई अध्यागमनको प्रमुख बनाएको होइन । उहाँ यस अघि नै मन्त्रालयको महत्वपूर्ण निकायको नेतृत्वमा हुनुहुन्थ्यो । नियम नुसार उहाँको सरुवा गरिएको हो’, उनले भने ।
उनले आफ्नो कार्यकाल अगाडि पनि तीन वटा गृहमन्त्रीको पालामा मन्त्रालयका कर्मचारीमाथि मुद्दा परेको तर, ती मन्त्रीले राजीनामा नदिएको उनले बताए । ‘यस पूर्व तीन जना मेरा आदरणीय नेताले यो मन्त्रालय सम्हालेका र त्यो बेलामा पनि यसैगरी प्रश्न उठेका थिए । तर, कति मन्त्रीले राजीनामा दिनुभयो कतिले दिनुभएन ?’, उनले भने ।
आफूलाई लागेको आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिँदै उनले त्यसको स्वतन्त्र निकायले छानबिन गर्नुपर्ने मत राखे। ‘संवैधानिक निकायले गर्ने कामकारबाहीलाई मेरो सहयोग हुन्छ,’ लेखकले भने, ‘स्वतन्त्र निकायलाई स्वतन्त्र अनुसन्धान गर्न दिएर निष्कर्ष निकाल्न दिनुपर्छ। ‘लोकतन्त्र र विधिको शासनको लागि लड्दै आएको छु,’ लेखकले भने, ‘यस्तो व्यक्तिले सहयोग र थप कारबाही होस् भन्ने गरी क्रियाकलाप गरिरहेको छु, जुन मेरो विगतका क्रियाकलापले पुष्टि गर्छ।’
लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताए । उनले प्रचण्डप्रति संकेत गर्दै भने, “आफैँले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे ? के मैले उठाएँ ? मैले संसदमा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेँ ?” उनले चरित्रहत्या र बदनाम गर्ने काम भर्त्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताए ।