आज बुधबार सुन प्रति तोला १६ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला १६ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रति तोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा करोबार भएको थियो । आज चाँदी प्रति तोला १० रुपैयाँ बढेको छ । आज बुधबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया