यस वर्षको मनसुन जेठ १९ गतेतिर नेपालमा प्रवेश गर्ने सम्भावना

काठमाडौं ।  यस वर्षको मनसुन यसै साताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मंगलबार भारत आसामका केही भू–भागहरू तथा भुटान र बंगलादेशका पूर्वी भू-भागसम्म मनसुन आइसकेकाले यही साताको अन्तिमतिर नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको हो ।

‘नेपालको पूर्वी भू-भागबाट मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर फेबरेबल कन्डिसन देखिएकाले यस वर्षको मनसुन आगमन सरदर भन्दा छिटो हुने देखिन्छ’, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश हुने सम्भावना छ ।’ कहिलेकाहीँ मनसुनी वायु बग्दै नेपालतिर आउने क्रममा बीच बाटोमा केही दिन रोकिने गरे पनि यस वर्ष त्यस्तो नेदेखिइने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर