प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति सुवेदीकाे आपत्ति

काठमाडौं । काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको छलफलमा राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर रहेको बताएका छन् ।

‘हामी निर्णायक आन्दोलनमा छौं । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ । तर, सरकारको रबैया १५ चैतकै जस्तो होला कि भन्ने डर छ,’ सुवेदीले भने ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिप्रति सुवेदीले आपत्ति जनाएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर