अर्थमन्त्री पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार संसदको संयुक्त सदनको बैठकमा बजेट प्रस्तुत गर्दैछ । सोही बजेटका सम्बन्धमा मन्त्री पौडेलले आज मंगलबार राष्ट्रपति भवन शीतल निवासमा ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रतिक्रिया