शक्तिको दुरुपयोग हुन नदिन गृहमन्त्रीले राजीनामा दिनुपर्ने : माओवादी

काठमाडौैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । माओवादी पदाधिकारीको सोमबार बिहान खुमलटारमा बसेको  बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिन पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर