आज सोमबार सुन तोलामा सात सय रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन प्रति तोला सात सय रुपैयाँ सस्तो भएको छ। आज छापावाल सुन प्रति तोला एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । स्थानीय बजारमा हिजो आइतबार एक तोला सुनको एक लाख ९१ हजार ८०० रुपैयाँ थियो ।
त्यसैगरी आज स्थानीय बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार एक तोला चाँदीको मूल्य भने दुई हजार पाँच रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनएको छ ।
प्रतिक्रिया