सहकारीपीडितको माइतीघरमा अर्धनग्न प्रदर्शन

काठमाडौं । सहकारीपीडित बचतकर्ता महासङ्घको नेतृत्वले आज सोमबार बिहान माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्।
महासङ्घका प्रतिनिधिहरूले भने, “सहकारी पीडितहरूको लामो संघर्षको बावजूद पनि न्यायको प्रक्रिया अझै पूरा भएको छैन। सरकारले गत वर्ष ६ अर्बको बजेट छुट्याएर वितरण गर्ने घोषणा गरे पनि त्यो अहिलेसम्म कार्यान्वयनमा आएको छैन। यस कारण, हामी न्यायको लागि पुन: आन्दोलनमा उत्रिएका हौं।”
सहकारीपीडितहरूले सरकारको ध्यानाकर्षण गराउँदै भने, “सम्झौतासम्म कार्यान्वयन नभएपछि अब हामी आफ्ना अधिकारको लागि अर्धनग्न प्रदर्शनमा उत्रिएका हौं। अबको कदम भनेको न्याय प्राप्त नभएसम्म आन्दोलन निरन्तर चलाउने छौं।”
प्रतिक्रिया