आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

काठमाडौं  । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा समेत परेको छ। हिजो बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको हो। चाँदी पनि तोलामा रु २० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार एक तोला सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।त्यसैगरी एक तोला चाँदीको मूल्य भने दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर