संविधानको समीक्षा गर्नुपर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत बिहीबार बागलुङको गलकोटमा आयोजित जनसंवाद कार्यक्रममा उनले दश वर्षमा संविधानको समीक्षा गर्नुपर्ने समय आएको बताकाएका हुन् ।

‘‘दश वर्षमा संविधानको समीक्षा गर्नुपर्छ। अब समीक्षा गर्नुपर्ने बेला आएको छ’’, उनले भने, ‘‘जनताको अधिकार थप्ने गरी संविधान संशोधन गर्नुपर्छ। अहिले त्यसको समय आएको छ।’’ पूर्वप्रधानमन्त्री प्रचण्डले पहाडी र हिमाली क्षेत्रको जडीबुटीबाट आम्दानी बढाउन सकिने बताउँदै उनले आत्मनिर्भर देश बनाउन बाँझो जग्गालाई प्रयोगमा ल्याउन जरुरी रहेको पनि बताए ।

गणतन्त्र आएपछि केही भएन भनेर भ्रम फैलाएको र जनतालाई साँचो कुरा भन्नुपर्ने अवस्था भएको प्रचण्डको भनाइ छ। उनले गणतन्त्रपछि भौतिक पूर्वाधारको क्षेत्रमा गाउँ गाउँमा सडक सञ्जाल पुग्नुका साथै स्वास्थ्यमा समेत सकारात्मक परिवर्तन आएको बताए । उनले लोकतन्त्रको विकल्प अझ बलियो लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्रको विकल्प नभएको ठोकुवा गरे ।

प्रचण्डले सरकारले सबै जनयुद्धका शहीद र बेपत्तालाई राष्ट्रिय शहीद घोषणा गरिएको बताउँदै उनले विधेयक र आयोग बनाएर काम सुरु गरिसकेको बताए । उनले आयोगले कानुनअनुसार शहीद बेपत्ता परिवारलाई सम्मान, परिचयपत्र, आर्थिक परिपूरण दिने र रोजगारी दिनैपर्ने कुरामा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर