बुद्ध एअरको ७२ सिटे जहाजको काठमाडौं-भरतपुर परीक्षण उडान

काठमाडौं । बुद्ध एअरको ७२ सिटे जहाजले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान गरेको छ। काठमाडौंबाट उडेको एटिआर–७२ जहाज बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो। धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एअरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर-७२ को परीक्षण गरिएको हो।
यो जहाजको क्षमता ७२ जना यात्रु बोक्न सक्ने भए पनि भरतपुर(काठमाडौं उडानको क्रममा कति यात्रु बोक्न सक्छ भन्ने कुरा त्यही समयको मौसमले निर्धारण गर्नेछ । उक्त जहाजका पाइलट क्याप्टेन प्रमोद थापाले काठमाडौं–भरतपुर उडान सहज रुपमा भएको बताए । भरतपुर विमानस्थलको धावनमार्ग १२ सय मिटर लामो छ। विमानस्थलको बिस्तार गर्ने प्रयास लामो समयदेखि भइरहे पनि प्रक्रिया सुस्त भइरहेको छ।
आज बिहीबार परीक्षण उडान गरिएको जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौं जाँदा ५० देखि ६० जना यात्रु बोक्न सक्ने बुद्ध एअरले अनुमान गरेको छ । यस्तै श्री एअरले पनि ८० सिट क्षमताको जहाजबाट काठमाडौं–भरतपुर उडान गर्दै आएको थियो। करिब १ महिनादेखि श्री एअरको उडान हुन सकेको छैन।