अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई पक्राउ

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
कार्यालयका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई उनको कार्यालयबाटै कागजपत्रसहित आयोगले नियन्त्रणमा लिएको हो । भट्टराई सहसचिव तथा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत हुन ।
भट्टराईलाई भ्रष्टाचारकै अभियोगमा पक्राउ गरिएको भएपनि आयोगले आधिकारिक जानकारी दिन भने बाँकी रहेको छ । भट्टराई पक्राउ परेको कुरालाई गृहमन्त्रालयले पनि पुष्टि गरेको छ ।।
प्रतिक्रिया