गौशालामा आठ वटा सवारीसाधन ठोक्किए, तीनजना घाइते

काठमाडौं ।  काठमाडौंको गौशालास्थित पिंगलास्थानमा बुधवार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ । एअरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् । ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् ।

सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर