डिआइजी शाहलाई एआईजीमा बढुवा गर्न र ११ प्रहरी वरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सिद्धिबिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। प्रधान कार्यालय, नक्सालमा रहेको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा सिफारिसमाथि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।

हाल हेका एआईजी लालमणि आचार्य उमेर हदका कारण जेठ ११ बाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने पदमा शाहलाई सिफारिस गरिएको हो।

यसैगरी नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर