नागढुङ्गा-नौबिसे सडक खण्ड साढे चार घन्टा बन्द गरिँदै

काठमाडौं । नागढुङ्गा-नौबिसे सडक खण्ड निर्माण कार्य अगाडि बढाउन दिउँसो साढे चार घन्टा बन्द गर्ने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो। आयोजनाले नागढुङ्गा(पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए।
प्रजिअ तिवारीले भने, “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि राति भत्काउने काम भएको र अब निर्माण दिउँसो गर्नुपर्ने भनेर प्रस्ताव आएको थियो। प्राविधिक रूपमा निर्माण दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको हो ।”