राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् प्रा.डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैङ्कको १८ ‌औँ गभर्नरमा अर्थविद् प्रा.डा. विश्व पौडेललाइ नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा पौडेललाइ गभर्नरमा नियुक्त गरेको हो । गत चैत २४ देखि रिक्त गर्भनर पदमा गर्भनर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो ।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’का प्रोफेसर समेत हुन। नवनियुक्त गभर्नर पौडैल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएको थियो । उनीसँग अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।

नवनियुक्त गभर्नर डा. पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएको थियो । यसअघि गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेलले पदबाट राजीनामा दिएको थियो ।

नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने हो । तर राजनितिक दलबीच गृहकार्यमा समय खर्चिदा गर्भनर नियुक्तिमा पनि ढिलाइ भइरहेको थियो ।

गभर्नर नियुक्त चाँडै गर्नुपर्ने दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको भेटवार्ताका क्रममा पौडेलको नाममा सहमति जुटेको थियो । यसअघि बसेको गभर्नर सिफारिस समितिको बैठकले गर्भनरमा तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा प्रा. डा. विश्व पौडेल, नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर