कान्ति लोकपथ एकतर्फी सञ्चालन

काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ। भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो। अहिले पुल मर्मत सम्भार गरेर साना गाडीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
तर ठूला गाडीलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको छ । बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । निर्माणाधीन पुलबाट कार, जीप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए। बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ।