रविको मुद्दामा कागजात आदेश

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखराले मिसिल (मुद्दासम्बन्धी कागजात) झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेस भएको मुद्दाको मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि शुक्रबार, लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई जानकारी नै नदिई सुनुवाइ अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए । यसअघि कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्च अदालतको पछिल्लो आदेशपछि अब मुद्दाको मिसिल अध्ययन गरी थप कानुनी प्रक्रिया अघि बढाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर