सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो।

गत बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो। यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर