नकारात्मक संकेत देखाउँदै यस साताको शेयर कारोबार बन्द

काठमाडौं । नेपालको शेयरबजार नेप्से परिसूचकको ओरालो लाग्ने क्रम आाज बिहीबार पनि निरन्तर रह्यो। आज नेप्से परिसूचक ७.३७ विन्दुले घटेर २६१२.८९ अंकमा रोकिएको छ।
आज ३२० स्क्रिप्सको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँमा खरिद बिक्री भएका छन् । आज ओम मेघाश्री फरमाक्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।
आज होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि देखिएकोमा सोल्टी होटल कम्पनीको ४६ करोड १९ लाख मूल्यबराबरको शेयर कारोबार भएको छ। यस साताको अन्तिम दिन आज बिहीबार परिसूचकसँगै दैनिक कारोबार रकममा पनि ह्रास देखिएको छ।
प्रतिक्रिया