आज मंगलबार सुन तोलामा दुई हजार सस्तियो

काठमाडौं । नेपाली बजारमा हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेको छ । आज मंगलबार सुन प्रति तोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८९ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया