मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ आठ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ९७ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ सात पैसा र बिक्रीदर चार रुपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३ रुपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २८ पैसा र बिक्रीदर २० रुपैयाँ ३७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।