नेपालद्वारा बहराइन ९ विकेटले पराजित

काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा बहराइनलाई सहज रुपमा ९ विकेटले पराजित गरेको छ। थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार वर्षा र वेट आउटफिल्डका कारण खेललाई ५ ओभरमा झारिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो। बहराइनका लागि कप्तान दिपिका रंगासिकाले १३ बलमा आक्रमक ३४ रन बनाइन्। उनी पूर्व श्रीलंकाली खेलाडी हुन्। जवाफी ब्याटिङमा नेपालले लक्ष्य ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा गर्‍यो।

नेपालका लागि कविता कुँवरले १८ रनको योगदान दिइन् भने सम्झना खड्का १३ रन र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन्। यसअघि शुक्रबारको खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भए पनि वर्षा र मैदान भिजेकाले टस हुनै नसक्दा खेल रद्द भएको थियो। दुबै टोलीले १–१ अंक बाँडेका थिए। अब नेपालले मंगलबार हङकङसँग भिडन्त गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर