भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना

भक्तपुर । भक्तपुरको लिवालिमा संचालित सैजु दुग्ध दहि उद्योगलाई खाद्य तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलिले पाँच हजार जरिवाना गराएको छ ।
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजुले संचालन गरेको उद्योगमा उत्पादन हुने लालमोन तथा गुदपाकमा उत्पादन मिति नभएको, लेवलिङ नगरेको । खाद्य अनुज्ञा पत्र नलिई उत्पादन गरेको र सरसफाईमा कमि भएको भन्दै अनुगमन टोलिले पाँच हजार जरिवाना गराएको हो ।
अनुगमन टोलीले लालमोन तथा गुदपाकमा उत्पादन मिति नराखेको भन्दै जरिवाना गराएको खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षण अधिकारी सरोज पौडेलले जानकारी दिए । अनुगमन टोलीले जरिवानाका साथै तीन दिन भित्र नगरपालिकामा दाखिल गर्न समेत आग्रह गरिएको छ । यस्तै लक्ष्मि दहि भण्डार व्यासि जहाँ दहिमा अखाद्य वस्तु भेटियो भनेर सामाजिक संजालमा भईरल भएको थियो , उक्त पसलमा पनि अनुगमन टोलिले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा सरसफाईमा ध्यान दिनुपर्ने , लेवल विवरण र मूल्य विवरण लगाएतका विवरण दहिमा नभएकाले राख्नुपर्ने खाद्य तथा गुण नियन्त्रण विभागका निरिक्षक सरोज पौडेलले वताए । उक्त दुईटै पसलवाट नमुना परिक्षणका लागि दुईवटा दहि ल्याव टेस्टका लागि लगएको छ । १० दिन भित्र नतिजा आउने र नतिजा अनुसार सुधार गर्नुपर्ने तथा अखाद्य बस्तु भेटिए खाद्य ऐन अन्तरगत कारवाही गर्ने जनाएको छ ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले सात दिन भित्र सबै कागजातहरु लिएर बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसका साथै सरसफाईमा ध्यान दिन र लेबल सच्याइ सुधार गर्न समेत निर्देशन दिएको खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले जानकारी दिएका छन् ।
प्रशासन कार्यालय संगै भक्तपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ भक्तपुर, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण काठमाडौंले र नेपाल पत्रकार महासंघ भक्तपुर संयुक्त रूपमा अनुगमन गरिएको थियो ।