नेपालबाट भारत नजान चिनियाँ दूतावासको आफ्ना नागरिकलाई सचेतना

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । दूतावासले आफ्ना नागरिकलाई नेपालतर्फबाट भारतीय भूमिमा प्रवेश नगर्न चेतावनी जारी गरेको हो । पछिल्लो पटक रक्सौल नाकाबाट केही चिनियाँ पक्राउ परेका थिए ।
भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चिनियाँ नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।
दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावासको सूचनामा भनिएको छ.’कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।’
प्रतिक्रिया