कोटेश्वर तीनकुने चोकमा दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।

तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान ६ बजेर ३५ मिनेटमा बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो। भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो । भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३ का २७ वर्षीय पदम थापामगरको उपचार भइरहेको छ । ईभी भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकर गापा घर हुने वर्ष २४ की मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ । बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्का, ईभी, मोटरसाइकल र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर