सुनको मूल्य तोलामा ५ हजार ३०० सयले बढ्यो

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । सोमबार प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर