कान्ति लोकपथ सडक खण्ड पुनः सञ्चालनमा

काठमाडौं । वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथ सडक खण्ड (हेटौंडा–ठिङ्गन–काठमाडौं) पुनः सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरको सिमानास्थित भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ को सीमाक्षेत्र बागमती खोलामा बनाइएको डाइभर्सन आज बिहान आएको भेलका कारण बगाएको थियो ।
अवरुद्ध सडक मर्मत गरी दिउँसो १ बजेबाट पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैबीच, कान्ति लोकपथ सडक खण्डमा मर्मत कार्य जारी रहेकाले बिहान १० बजेबाट दिउँसो ४ः०० बजेसम्म सडक बन्द रहने प्रहरीले जनाएको छ । सो समयमा वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया