मन्त्रिपरिषदको बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण स्थगित

काठमाडौं । आज शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक एवं नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम एकाएक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले उक्त दुबै कार्यक्रम स्थगित भएको बताए । परन्तु सिलवालले उक्त दुबै कार्यक्रम स्थगित भएको कारण भने स्पष्ट पारेका छैनन् ।
प्रधानमन्त्रीले हिजो बिहीबार नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । उनको शपथग्रहण आज १० बजे गर्ने भनिएकोमा स्थगितको जानकारी आयो । यस्तै, मन्त्रिपरिषद बैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित गरिएको सिलवालले बताए ।
प्रतिक्रिया