आज बिहीबार सुन तोलामा ४६ सय रुपैयाँ घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज बिहीबार पनि घटेको छ। हिजो बुधबार प्रति तोला ७ सय रुपैयाँले घटेको सुन आज प्रति तोला ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५००  कायम भएको छ।

आज चाँदीको भाउ पनि घटेको छ। हिजो  बुधबार चाँदी  प्रति तोला १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज बिहीबार १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर