आममाफी पाएका रेशम चौधरी पुन: पक्राउ

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् । सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेको भएर फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । नागरिक उन्मुक्तिसँग जनमतको बुधवार दिउँसो एकता कार्यक्रम तय भएको थियो ।

२०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आममाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।

यसैबीच सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टले आफूले रेशम चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र ‘होस’ मै लेखेको बयान दिएका छन् । हिरासतमा रहेका बिष्टले प्रहरीसँगको प्रारम्भिक बयानमा यस्तो बताएका हुन् ।

सर्वोच्चका अधिकृतसमेत रहेका बिष्टले चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र आधिकारिक नभएको पाइएपछि बिष्टलाई नै पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका विष्टले आफूले होसमै लेखेको र राष्ट्रपतिबाट आममाफी दिनु गलत भएको प्रारम्भिक बयान दिएका छन् । बिष्ट आफैँले पत्र लेखेर सर्वोच्चका प्रहरीको सहयोगमा कारागार पुगेको बताएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर