आज मंगलबार सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि

काठमाडौं । आज मंगलबार स्थानीय बजारमा सुन प्रति तोलाको मूल्यमा पाँच सय रुपैयाँ वृद्धि भएको छ । हिजो सोमबार प्रति तोला एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रति तोला एक हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । आज पनि सोही दरभाउमा चाँदीको खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर