रत्नपार्कमा कुलमान समर्थक र प्रहरीबिच ठेलमठेल

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि फैलिएको असन्तोषको आवाज संसदपछि आज रत्नपार्क पुगेको छ । स्वतन्त्र नागरिकहरूले बुधबार नेपाल विद्युत प्राधिकरणको कार्यालय रत्नपार्कअगाडि सरकारको गलत निर्णयका विरुद्धमा प्रदर्शन गरे ।
प्रदर्शनकारी कार्यालय भित्र जाने कोसिस गरे पनि प्रहरीले उनीहरूलाई रोकेका थिए । प्रदर्शनकारीहरूले कुलमानको पक्षमा नारा लर्गाका थिए । नारा लगाृउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल र धकेलाधकेल भएको थियो । प्रहरीले कार्यालयअगाडिको आकाशे पुलमा रहेका सर्वसाधारणहरूलाई पनि त्यहाँबाट हटाउन बल प्रयोग गरेको विरोधमा आकाशे पुलमा रहेका सर्वसाधारणले पनि प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नारा लगाएका थिए।
प्रतिक्रिया