तारिख बुझ्न रवि लामिछाने कास्कीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की पुगेका छन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि सोमबार रूपन्देहीमा पनि जाने छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर