सिन्धुलीतर्फको बिपी राजमार्ग डबल लेनको बन्ने

काठमाडौं ।  गत असोज १२ गते आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुलीतर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोलादेखि नेपाल थोकसम्मको करिब साढे तीन किमी सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारस हमालले बताएका छन् । “अबको केही दिनमै हामी ठेक्का सूचना निकाल्ने तयारीमा छौ”, उनले भने, “आगामी दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गर्दैछौं ।”

पुनर्निर्माण हुने बिपी राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ । भ्याट र अन्य करबाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरी ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ । गत असोजको बाढीले सिन्धुलीको सुनकोशी गाउँपालिकाको नेपाल थोकदेखि काभ्रेको भकुन्डे नजिकसम्म करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । सडक बगाएपछि हाल अस्थायी रूपमा रोश्किो बगरबाट ट्र्इँक् सडक बनाएर सवारी सञ्चालन हुँदै आएको छ । रोशीको बगरबाट अस्थायी रूपमा सञ्चालन भएको सडकलाई समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए । (फोटोःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर